१० असार २०८३, बुधबार

जेलबाट रिहा भएको तीन महिनापछि राजले पोखे पीडा- परिवारले मलाई पहिले नै दोषी सम्झियो

जेलबाट रिहा भएको तीन महिनापछि राजले पोखे पीडा- परिवारले मलाई पहिले नै दोषी सम्झियो

बलिउड कलाकार शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रालाई अश्लील भिडियो बनाएको आरोप लागेपछि निकै ट्रोल गरियो । शिल्पा उनीसँग बेखुश भएकोसम्म खबर आए । यी मुद्दामा उनी जेलसमेत परे । 

अहिले राज जेलबाट रिहा भइसकेका छन् । यद्यपि उनी मिडियासँग टाढै छन् । जेलबाट बाहिर आएको झण्डै ३ महिनापछि पहिलोपटक उनले आफ्नो सार्वजनिक बयान जारी गरेका छन् । 

‘निकै समयको चिन्तनपछि मलाई लाग्यो भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति तथा कैयौं आर्टिकल्समा म नबोल्नुलाई कमजोरी सम्झिरहेका छन्,’ उनले लेखेका छन्, ‘म भन्न चाहन्छु, आफ्नो जीवनकालमा कहिल्यै पनि पोर्नोग्राफीको प्रोडक्सन र वितरणमा सहभागी छैन । यो पूरै प्रकरण अरु केही होइन बरु एक विच हन्ट हो ।’

उनले यो मुद्दा विचाराधीन रहेकाले अहिले नै भन्न नसक्ने तर, न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन् । 

‘दुर्भाग्यपूर्ण, मिडिया र मेरो परिवारले पहिलेले मलाई दोषी घोषित गरिदिए । मलाई विभिन्नस्तरमा मानव तथा संवैधानिक अधिकारको उल्लंघन गरेर लगातार टर्चरको सामना गर्नुपरेको छ ।’

राज कुन्द्रालाई १९ जुलाइमा अश्लील भिडियो बनाउने र आफ्नो एपमा रिलिज गर्ने गरेको आरोपमा क्राइम ब्रान्चले पक्राउ गरेको थियो । राजलाई दुई महिनापछि जमानत मिलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्