
लमजुङको मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
घनपोखराको घिम्राङबाट सोमवार राति खुदीतर्फ आउँदै गरेको ग१त ६११४ नम्बरको ट्रयाक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्रयाक्टर चालक सोही पालिका–९ सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातिको समयमा ट्रयाक्टर चलाउँदा सडकबाट करीब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
मृतकको शव परीक्षणको लागि बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा राखिएको छ ।