२३ जेठ २०८३, शनिबार

कांग्रेस महाधिवेशन : प्रदेश नं १ को मत परिणाम सार्वजनिक

कांग्रेस महाधिवेशन : प्रदेश नं १ को मत परिणाम सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नं १ को मत परिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मत परिणामअनुसार प्रदेश नं १ बाट अमृत अर्याल दुई हजार ३८९ र राजिव कोइराला दुई हजार १५२ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै आनन्द सन्तोषी राईले दुई हजार ८१,  अनिलकृष्ण प्रसाईले एक हजार ४२२, सुमित्रा थरुनीले ३९२, जनार्दनराम निरौलाले १४९ र खिलराज बस्नेतले २८१ मत प्राप्त गरे ।

यसैगरी केन्द्रीय सदस्य प्रदेश नं १ महिलातर्फ महेन्द्रकुमारी लिम्बु दुई हजार २२९ मत प्राप्त गरी निर्वाचित भएका छन्। यस्तै लिलादेवी बोखिम लिम्बुले एक हजार ७४७ तथा गोमाकुमारी भट्टराईले ६०९ मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्