३२ असार २०८३, बिहीबार

आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : कांग्रेस महामन्त्री शर्मा

आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने दावी गरेका छन् ।

नेपाल प्रेस युनियनले उनको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका हुन् । आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रण गर्दै महामन्त्री शर्माले पार्टीप्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताए ।

कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् युनियनका महासचिव अजयबाबु शिवाकोटीले आफूलाई निर्वाचित बनाउने अभियानमा युनियन र मिडियाको पनि महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने गरी अघि बढाएका सबै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार डा सुरेश आचार्य, वरिष्ठ पत्रकार कविर राणा, महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाललगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै लोकतन्त्रको सुदृढिकरणका लागि सबै राजनीतिक दलले यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्