×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

पुस १८ गतेसम्मका लागि स्थगित भयो संसद् बैठक, एमसीसी अनुमोदनको डेडलाइन घर्कियो !

पुस ७, २०७८

NTC
Premier Steels

बहुचर्चित अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न बोलाइएको भनेर चर्चा भएको प्रतिनिधि सभाको बैठक ११ दिनका लागि स्थगित भएको छ । 

Muktinath Bank

बुधवारको बैठकमा केही अध्यादेश स्वीकृत भएसँगै सभामुख अग्नि सापकोटाले पुस १८ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिसेम्बर महिनाको अन्तिमसम्ममा एमसीसी अनुमोदन गर्ने भनेर सरकारले एमसीसीका उच्च अधिकारीलाई आश्वासन दिएको थियो । अब प्रतिनिधि सभाको बैठक सन् २०२२ को जनवरी २ तारिखका दिन बस्नेछ । 


Advertisment
Nabil box
Kumari

नेपाल भ्रमणमा आएकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमार, प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा जाँदा एमसीसीका डेपुटी सीईओ एलेक्सिया लतोर्तु, नेपाल भ्रमण गरेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग देउवाले एमसीसी अनुमोदनको प्रतिबद्धता जनाएका थिए ।

Vianet communication

एमसीसीका अधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री एवं सरकारका मन्त्रीहरूले डिसेम्बरभित्रमा एमसीसी अनुमोदन गर्ने आश्वासन दिएका स्रोतले बतायो । 

एमसीसी अनुमोदनकै लागि भनेर सरकारले कांग्रेसको महाधिवेशनको चटारो नसकिँदै मंसिर २८ गतेका लागि संसद्को हिउँदे अधिवेशन आह्वान गरेको थियो । 

यही अधिवेशनबाट एमसीसी अनुमोदनको तयारी भएको भन्दै साना वामपन्थी दलले विरोधका कार्यक्रमलाई तीव्र बनाएका थिए । 

कार्यव्यवस्था परामर्श समितिमा भएको सल्लाहअनुसार नै सभामुखले प्रतिनिधि सभाको बैठक लामो समय स्थगित गरेको संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए ।

‘एमसीसीबारे दलहरूबीच नै सहमति नभएको र सत्ता गठबन्धनले पास गर्ने/नगर्ने भन्ने निर्णय गर्न कार्यदल बनाएकाले अहिले नै छलफल हुन सक्ने अवस्था रहेन,’ संसद्का ती अधिकारीले भने । 

नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल एमसीसी पारित गर्नुपर्ने पक्षमा देखिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार नै निर्णयमा नपुगेको भन्दै एमसीसीबारे कुनै धारणा बनाएको छैन ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने यथास्थितिमा एमसीसी पारित गर्न नहुने बताउँदै आएका छन् । 

सभामुख सापकोटाले पनि एमसीसीबारे दलहरूबीच सहमति हुनुपर्ने र संसद् अवरोध हट्नु पर्ने बताउँदै अडान राखेका छन् ।

दलहरूबीच सहमति जुट्न नसक्दा संसद सचिवालयमा दर्ता भएर लामो समय प्रक्रियामा नगएको एमसीसी अगाडि बढ्न सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x