१० असार २०८३, बुधबार

हेलिकप्टर दुर्घटनापछि माडागास्करका मन्त्रीले समुद्रमा पौडिए १२ घन्टा (भिडियो)

पुस ७, २०७८
हेलिकप्टर दुर्घटनापछि माडागास्करका मन्त्रीले समुद्रमा पौडिए १२ घन्टा (भिडियो)

अफ्रिकी मुलुक माडागास्करका एक मन्त्री समुद्रमा १२ घन्टा पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन् । उनी चढेको हेलिकप्टर दुर्घटनामा परेर समुद्रमा खसेपछि उनी लामो समय पौडिन बाध्य भएका हुन् । 

प्रहरी मामिलासम्बन्धी मन्त्री सर्ज गेले देशको उत्तरपूर्वी तटमा जहाज डुबेपछि फसेका मानिसको उद्धारमा सहभागी थिए । 

उक्त जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । त्यस मालवाहक जहाजमा १३० जना यात्रुहरू अवैध तरिकाले चढेका थिए । हिन्द महासागरमा सोमवार उक्त जहाज डुबेको थियो ।

पछि अधिकारीहरूले थप २५ वटा मृत शरीर सेन्टे मारी टापुसमूहमा भेटेका थिए । 

कुल ४५ यात्रुको उद्धार गरिएको छ भने २० जना अझै हराइरहेका छन् । उनीहरूको खोजी जारी छ । 

उद्धार गरिरहेको हेलिकप्टर समुद्रमा खसेपछि गेलेले साँझ साढे ७ देखि भोलिपल्ट बिहान साढे ७ सम्म समुद्रमा पौडी खेलेको बताए । उनी तटीय शहर महाम्बो पुगेका थिए । 

आफूलाई निकै चिसो अनुभव भए पनि मर्ने समय नआएकाले तटसम्म आइपुगेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्