०३ साउन २०८३, आइतबार

यसअघि नै अन्तिम भनिए पनि स्थानीय तहका कर्मचारीको फेरि सरुवा [सूचीसहित]

यसअघि नै अन्तिम भनिए पनि स्थानीय तहका कर्मचारीको फेरि सरुवा [सूचीसहित]

स्थानीय तहका २३२ जना कर्मचारीको अन्तरस्थानीय तहमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तरस्थानीय तहमा कामकाजमा खटाइएको विवरण सार्वजनिक गरेको हो ।

२०७८ पुस ६ गतेसम्म प्राप्त निवेदनहरूको आधारमा कामकाजमा खटाउने निर्णय गरिएको हो । लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीहरूलाई कामकाजमा खटाउनेसम्बन्धी कार्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय पुस ६ गते भएको थियो । सोही निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको समेत सूचनामा उल्लेख छ ।

दोहोरो सहमति लिएकाहरूको अन्तिम पटकको लागि केही साताअघि अन्तरस्थानीय तह सरुवा गरिएको थियो । तर, फेरि आज सरुवा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्