विभिन्न ४ कम्पनीले शुक्रवार (पुष ९)देखि साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दैछन् ।
एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले शुक्रवारदेखि २६ गतेसम्म, ज्योति बिकास बैंक लिमिटेडले पौष ९ देखि २३ गतेसम्म, बुटवल पावर कम्पनी लिमिटेडले पौष ११ देखि २६ गते सम्म र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पौष ९ गते साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दैछन्। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।
एनएमबि लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.५३ करोड ९८ लाख ४ हजार ८ सय २५ को २१.५०% अर्थात रु.११ करोड ६० लाख ५८ हजार ३७.३८ बराबरको बोनस शेयर तथा १.१३% अर्थात रु.६१ लाख ८ हजार ३ सय १७.७६ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्न लागेको हो।
ज्योति बिकास बैंकले चुक्ता पूँजी रु.३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ को ११% अर्थात रु.४२ करोड २९ लाख ३० हजार ५ सय ६ बराबरको बोनस शेयर तथा ४.५% अर्थात रु.१७ करोड ३० लाख १७ हजार २५ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्न लागेको हो।
यस्तै, बुटवल पावर कम्पनीले चुक्ता पूँजी रु.२ अर्ब ९५ करोड १३ लाख ६१ हजारको १०% अर्थात रु.२९ करोड ५१ लाख ३६ हजार १ सय बराबरको बोनस शेयर तथा १०% अर्थात रु.२९ करोड ५१ लाख ३६ हजार १ सय बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।
सूर्या लाइफ इन्स्योरेन्सले आ. व. २०७६/७७ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.२ अर्ब २६ करोड २८ लाख ९४ हजार ५ सय २२ को १२.७०% अर्थात रु.२८ करोड ७३ लाख ८७ हजार ६ सय तथा बराबरको बोनस शेयर तथा ०.६६८४% अर्थात रु.१ करोड ५१ लाख २५ हजार ६ सय ६३ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न लागेको हो।