१० असार २०८३, बुधबार

विद्यालयमै बेहोस भएका छात्रको मृत्यु

विद्यालयमै बेहोस भएका छात्रको मृत्यु

विद्यालयमै बेहोस भएका तनहुँका १ विद्यार्थीको मृत्यु भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको बिहीवार मृत्यु भएको हो । 

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए ।

विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो । 

धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए । मृतकका आफन्तलाई खबर गरिसकिएको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताए । ‘मुटुको भल्भमा समस्या रहेको जानकारी पाएका थियौं, गरीबीका कारण उपचार गराउन सकेका थिएनन्,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्