१८ असार २०८३, बिहीबार

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्छ- जर्मनी

पुस ८, २०७८
अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्छ- जर्मनी

जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएका छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

पद ग्रहण गरेको दुई हप्तापछि उनले भने, -बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पु-याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु बाञ्छनीय हुनेछ ।


यस हिउदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयोगको आवश्यकता पर्ने अनुमान गरिएको उनले बताए ।

मानवीय सहायता अफगानिस्तानमा पुग्न सकोस् र विशेष गरी देशलाई सुरक्षाको खाँचोमा परेकाहरूलाई ल्याउन सकियोस् भनी बर्लिनले आफ्ना अन्तरराष्ट्रिय साझेदारहरूसँग छलफल चलाउने उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्