१२ असार २०८३, शुक्रबार

प्रधान सेनापतिद्वारा उपत्यका कमाण्ड हेडक्वार्टरको निरीक्षण भ्रमण

प्रधान सेनापतिद्वारा उपत्यका कमाण्ड हेडक्वार्टरको निरीक्षण भ्रमण

प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार नारायणहिटीस्थित उपत्यका कमाण्ड हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । साथै शर्माले बालाजुस्थित १ नम्बर बाहिनी अड्‍डाको समेत निरीक्षण भ्रमण गरेको नेपाली सेनाले जनाएकाे छ ।

भ्रमणको क्रममा उनले कमाण्ड हेडक्वार्टर तथा बाहिनी अड्‍डाको वस्तुस्थिति प्रतिवेदन, अन्तर्गत फौजको तैनाथीको वर्तमान अवस्था तथा संचालन भइरहेको सामुहिक तालिम लगायतका विषयहरुमा जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए । साथै शर्माले विविध विषयहरुमा निर्देशन समेत दिएको सेनाको विज्ञप्तिमा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्