१२ असार २०८३, शुक्रबार

मौसम–पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा बदली

मौसम–पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा बदली

हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण शुक्रबार बिहानै देखि  देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा भने सामान्यतया मौसम सफा रहनेछ। यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्