
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, शिखरपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान साढे ८ बा २ ख ३६८९ नम्बरको ट्रकबाट सामान झार्दै गर्दा क्लच थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।
ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् ।
दुर्घटनामा जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताए । कार्की गाडीधनी हुन् ।
अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।