
बंगलादेशको सुगन्धा नदीमा यात्रु बोकेको एक डुंगामा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ ।
झालकोटी जिल्लामा भएको यो घटनामा मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
सरकारी अधिकारी सैफुल हसनका अनुसार, एमभी अभियान नामक यो डुंगा बारगुना जानका लागि ढाकाबाट हिँडेको थियो । झालकोटी पुगेपछि सुगन्धान नदीमा शुक्रवार बिहानीपख डुंगाको इन्जिनमा आगो लागेको थियो ।
घाइतेहरूलाई जिल्ला र स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उद्धारकार्य जारी छ ।
डुंगामा आगो लागेपछि कतिपय यात्री ज्यान जोगाउन नदीमा हाम्फालेका थिए ।
क्षमताभन्दा बढी यात्री डुंगामा चढेको बताइन्छ । इन्जिन रूमबाट आगो लाग्न शुरू भएको मानिएको छ ।