
बलिउड अभिनेत्री सुस्मिता सेनले सामाजिक सञ्जालमार्फत प्रेमी रोहमन शलसँग ब्रेकअपको घोषणा गरेकी छन् ।
उनले ब्रेकअपपछिको पहिलो पोस्टमा लेखेकी छन्- शान्ति सुन्दर हुन्छ ।
सुस्मिताले आफ्नो तस्वीर शेयर गरेकी छन्, जसमा उनको साइड प्रोफाइल देखिएको छ । उनको आँखा झुकेको छ, कपालले आधा अनुहार ढाकेको छ ।
उनले यसअघि इन्स्टाग्राममा रोहनको साथमा रहेको तस्वीर शेयर गर्दै लेखेकि थिइन्, ‘हामीले साथीको रुपमा शुरूआत गरेका थियौं, हामी साथी बनिरहनेछौं । रिलेशनसिप सकियो तर, प्रेम रहिरनेछ ।’

सुस्मिता र रोहमनले सन् २०१८ बाट डेट गर्न शुरू गरेका थिए । दुवै जना लिभइनमा रहेका थिए, तर केही समयअघि रोहमनले सुस्मिताको घर छोडेका थिए । जसबाट दुई जनाको सम्बन्ध राम्रो नभएको अनुमान गरिएको थियो ।
सुस्मितापछि रोहमनले पनि आफूहरू अलग भएको घोषणा गरेका छन् ।
रोहमन सुस्मिताभन्दा १५ वर्ष कान्छा छन् । सुस्मिता ४६ वर्ष भइन् भने रोहमन ३१ का भए ।
एक अन्तरवार्तामा सुस्मिताले रोहमनसँगको सम्बन्ध इन्स्टाग्रामको च्याटिङबाट शुरू भएको थियो । शुरूमा रोहमनले फुटबल प्रतियोगिता हेर्नका लागि बोलाएका थिए तर, सुस्मिताले साथमा कफी पिउने भनिन् । यसरी उनीहरूबीच प्रेमको सिलसिला शुरू भएको थियो ।