२५ जेठ २०८३, सोमबार
गठबन्धनमा एमसीसीको पारो

देउवाजीलाई एमसीसी छिटो पास होस् भन्ने छ तर, ढिलो भयो भन्दैमा गठबन्धन छाडेर जानुहुन्न- प्रचण्ड

देउवाजीलाई एमसीसी छिटो पास होस् भन्ने छ तर, ढिलो भयो भन्दैमा गठबन्धन छाडेर जानुहुन्न- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कै कारण सत्तारूढ पाँच दलीय गठबन्धन नटुट्ने दाबी गरेका छन् । 

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा प्रचण्डले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै एमसीसीकै कारण गठबन्धन नभत्कने बताएका हुन् । 

गठबन्धनको सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडो एमसीसी पास गर्ने पक्षमा भए पनि एमसीसी पास गर्न ढिलो भयो भन्दैमा गठबन्धन छाडेर अन्त नजाने प्रचण्डले बताए । 

‘देउवाजीलाई एमसीसी छिटो पास होस् भन्ने छ तर, ढिलो भयो भन्दै गठबन्धन छाडेर उहाँ अन्यत्र जानुहुन्न,’ प्रचण्डले भने ।

देउवासँग एमसीसीकै बारेमा धेरै चरणमा कुरा भएको उनले बताए । 

गठबन्धनको तर्फबाट बनेको कार्यदलको प्रतिवेदनले पनि एमसीसीको बारेमा धारणा बनाउन सहयोग गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्