१२ साउन २०८३, मंगलबार

रुसले युक्रेन सीमानजिक युद्ध अभ्यास गरेको भिडियो सार्वजनिक (भिडियो)

पुस ११, २०७८
रुसले युक्रेन सीमानजिक युद्ध अभ्यास गरेको भिडियो सार्वजनिक (भिडियो)

रुसी सेनाले क्रिसमसको दिन युक्रेनको सीमा नजिक रहेको भोरोनेझ क्षेत्रमा आधुनिक किसिमको युद्ध अभ्यास गरेको भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा १२ सयजना हवाईसेना र २५० वा सैन्य उपकरण क्राइमियाको ओपुकमा हिउँ र कुहिरोमा सैन्य अभ्यास गरेको देखिन्छ । त्यसका साथै रुसी सैनिकहरूले क्रास्नोदार क्षेत्रमा नोभोरोस्सिस्क नजिक पनि अभ्यास गरे । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक लाभन्दा बढी सैनिक युक्रेनको सीमा नजिक राखेपछि युक्रेनमाथि आक्रमण हुन लागेको शंका पश्चिमले गरेको छ । 

पुटिनले रुसको माख–९ क्षमताको जिर्कोन क्षेप्यास्त्रको प्रक्षेपणको घोषणा पनि गरे । त्यसले सबै क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई छल्न सक्ने दाबी रुसले गरेको छ । 

‘समुद्रबाट प्रहार गरेर समुद्रमा तारो हान्ने नयाँ क्षेप्यास्त्र जिर्कोन हो,’ पुटिनले बताए । ‘परीक्षणहरू सफलतापूर्वक र त्रुतिहरहित रूपमा गरिए । यो हाम्रो देशका लागि ठूलो घटना हो र रुसको सुरक्षा तथा रक्षा प्रणालीलाई सुधार गर्ने महत्त्वपूर्ण कदम हो ।’
 

कमेन्ट गर्नुहोस्