१० असार २०८३, बुधबार

पसलमा चोरी गर्न गएका मानिस रक्सी पिएर भए मस्त, प्रहरीले बेहोश अवस्थामै गर्‍यो पक्राउ

पुस ११, २०७८
पसलमा चोरी गर्न गएका मानिस रक्सी पिएर भए मस्त, प्रहरीले बेहोश अवस्थामै गर्‍यो पक्राउ

बेलायतमा रहेको लास इगुआनाज रेस्टुराँमा चोरी गर्न गएका एक व्यक्ति अनौठो अवस्थामा पक्राउ परेका छन् । 

स्यामुअल मलिगन नामक ती व्यक्तिले पैसा त भेटेनन् । तर रेस्टुराँमा रहेको रक्सी पिएर उनी त्यहीँ मस्त सुते । 

बिहान कर्मचारीले रेस्टुराँ खोल्दा मलिगन सोफामा मुख गाडेर सुतेको अवस्थामा पाए । कर्मचारीले उनलाई भित्रै थुने अनि प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई पक्राउ गरेर लग्यो । 

सोधपुछमा थाहा भयो, ती व्यक्तिले वरिपरिका पसलमा पनि कैयौंपटक चोरी गरेका रहेछन् । 

अदालतमा उनको मुद्दामा सुनुवाइ भएपछि १ वर्षको सजाय दिइएको छ । उनले १५६ पाउन्ड जरिवाना पनि तिर्नुपर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्