
हिमालयन बैंकले पुस ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ ।
बैंकले लाभांश पारितसँगै नेपाल इन्भेष्टमेन्ट बैंकलाई गाभ्ने एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।
बैंकले गत वर्षको नाफाबाट ४.६२ प्रतिशत नगद लाभांश र २१.३८ प्रतिशत बोनस सेयर दिने एजेण्डा वार्षिक साधारणसभामा लैजाँदैछ। सभाले पारित गरेपनि नगद लाभांश भने तत्काल भुक्तानी हुँदैन।
नेपाल इन्भेष्टमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार गरेपछि मात्र हिमालयन बैंकका साविकका लगानीकर्ताले नगद पाउने छन्। बोनस सेयर भने वितरण हुने छ। बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँले बढ्ने छ। अहिले चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ।
