१५ असार २०८३, सोमबार

प्रतिगमनको खतरा कायमै छ- दुर्गा पौडेल

प्रतिगमनको खतरा कायमै छ- दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । 

आइतवार नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधि सभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्न नहुने बताएकी हुन् । 

उनले विगतमा प्रतिगमनका विरुद्धमा लडेका राजनीतिक दलहरू एक हुनु आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरिन् । उनले प्रतिगमन विरोधी शक्तिहरू एकजुट भएर अगाडि जान नसकेमा देश फेरि प्रतिगमनतर्फ जाने र राजनीतिक दलहरूको भुल हुने बताइन् । 

प्राप्त भएको राजनीतिक उपलब्धिलाई संरक्षण गर्नु दायित्व भएको उनको भनाइ छ ।

उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताइन् । उनले महाधिवेशनले एमसीसीलाई खारेज गर्न महाधिवेशनले निर्णय लिने पनि विश्वास व्यक्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्