१५ असार २०८३, सोमबार
माओवादी महाधिवेशन

माओवादी आन्दोलन कमजोर हुनुमा अरू होइन प्रतिवेदनमा आफैंलाई चिरफार गरेको छु- प्रचण्ड

माओवादी आन्दोलन कमजोर हुनुमा अरू होइन प्रतिवेदनमा आफैंलाई चिरफार गरेको छु- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा आएपछिका कमजोरीबारे समीक्षा गरेर पार्टीलाई सुदृढ बनाउने बताएका छन् । 

८ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गम्भीर समीक्षासहित नयाँ विचार लिएर आउने बताएका हुन् । 

‘महाधिवेशनबाट हामीले आत्मसमीक्षा र आत्मालोचना गर्न खोजेका छौं– शान्ति प्रक्रियामा आएपछि विचार र संगठनमा कहाँ चुक्यौँ ? यो प्रस्तावमा सबभन्दा धेरै आत्मसमीक्षा मैले मेरै गरेको छु,’ प्रचण्डले भने, ‘माओवादी आन्दोलन कमजोर हुनुमा आफैँलाई चिरफार गरेको छु । किरण, बाबुरामजी मात्र होइन वामपन्थी आलोचनामा चासो राख्ने सबैलाई एउटा उत्प्रेरणा दिनेछौं ।’ 

आफ्नो प्रतिवेदन माधव नेपालले माग्दा नदिएको प्रसंग कोट्याउँदै प्रचण्डले आफैँमाथि समीक्षा गरेको प्रचण्डले बताए । प्रतिवेदनमाथि सोमवारदेखि बन्द सत्रमा छलफल हुने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्