२५ जेठ २०८३, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार कोभिड सङ्क्रमित, ४२२ व्यक्तिमा ओमिक्रोन पुष्टि

पुस ११, २०७८
भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार कोभिड सङ्क्रमित, ४२२ व्यक्तिमा ओमिक्रोन पुष्टि

भारतले पछिल्लो २४ घण्टामा छ हजार ९८७ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको आइतबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७६ हजार ७६६ रहेको र यो सङ्ख्या सन् २०२० माघदेखि सबैभन्दा कम हो ।

मन्त्रालयका अनुसार हालसम्म भारतमा कोरोनाभाइरसको ओमिक्रोन भाइरसका ४२२ वटा घटना पुष्टि भएका छन् । महाराष्ट्रमा १०८, दिल्लीमा ७९ र गुजरात ४३ व्यक्तिमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा छ ।

देशमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या कूल सङ्क्रमितको एक प्रतिशतभन्दा कम रहेको छ । अहिले भारतमा कोभिड सङ्क्रमण दर ०.२२ प्रतिशत रहेको छ जुन गत वर्ष मार्चपछि सबैभन्दा कम हो ।

salt training

कमेन्ट गर्नुहोस्