प्रधान सेनापति प्रभुराम शर्माले मध्य कमाण्ड हेडक्वार्टर अन्तर्गत रुपन्देहीको बुटवलमा निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास गरेका छन् । सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप निर्माण हुन लागेका उक्त अस्पताल तथा विद्यालयको शिलान्यास कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सेनाले जनाएको छ ।
उक्त कार्यक्रम शर्माले ऐतिहासिक जितगढी किल्लाको भ्रमण गर्नुका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेको सेनाको भनाइ छ ।
साथै, प्रधान सेनापति शर्माले कास्की जिल्ला, पोखरा, सेतिदोभानस्थित सामुहिक तालिम इलाकाको स्थलगत निरीक्षण गर्दै तालिमका विविध पक्षहरुका बारेमा जानकारी हासिल गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।