×

NMB BANK
NIC ASIA

वैवाहिक जीवनबाट कसरी सन्तुष्ट हुने ? यस्ता छन् सरल उपाय

पुस १२, २०७८

NTC
Premier Steels

विवाह मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । विवाह सुखद क्षणका लागि सोचेर गरिन्छ । तर, विवाहले सुख मात्र ल्याउँदैन, सँगसँगै चुनौती एवं जिम्मेवारी पनि थप्छ ।

Muktinath Bank

विवाह गरिसकेपछि दाम्पत्य जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । फरक–फरक संस्कार, रहनसहनबाट पुरुष र महिला हुर्किएका हुन्छन् । त्यसैले एक–अर्काको विचार, भावना नमिल्न पनि सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यति हुँदाहुँदै पनि दाम्पत्य जीवनलाई अगाडि बढाउनुपर्ने हुन्छ । जीवन जिउने सबैको आफ्नै खालको तरिका हुन्छ । कतिपयले जीवनलाई बोझ मानेर जिउँछन् त कतिपयले जीवनलाई रमाइलो मानेर जिउँछन् ।


Advertisment
Nabil box
Kumari

शोध अनुसन्धानका क्रममा दाम्पत्य जीवन जसले रमाइलो गरेर बिताउँछ, उनीहरू जीवनमा बढी सन्तुष्ट हुने पत्ता लागेको छ । स्टोनी ब्रुक युनिभर्सिटी सोसल साइकोलोजीका शोधकर्ता टेररी अरबुचले अमेरिकाका एक सय २३ विवाहित जोडीमा अनुसन्धान गरेका थिए ।

Vianet communication

जसअनुसार वैवाहिक जीवनप्रति दिक्क मानेर ७ वर्ष, ९ वर्ष र १६ वर्ष बिताउँदा उनीहरूमा दाम्पत्य जीवनप्रति अत्यन्त न्यून मात्र सन्तुष्टि देखिएको थियो । जब दिक्दारी सुरु हुन्छ, एक–अर्कामा आत्मियता र प्रेममा पनि कमी आउँछ ।

दाम्पत्य जीवनमा सन्तुष्टि लिने धेरै उपाय छन् । तीमध्ये केही उपाय यस प्रकार छन् :

हप्तामा एक दिन घुम्ने समय छुट्याउने

श्रीमान्–श्रीमतीबीच आ–आफ्नो कामले तनाव बढिरहेको हुन्छ । यसरी तनाव बढ्दै गयो भने स्वास्थ्यमा समेत असर पुर्‍याउँछ । त्यसैले हप्तामा एकचोटि बाहिर छोटो समयका लागि भए पनि घुम्ने समय छुट्याउनु राम्रो हुन्छ ।

विशेषगरी, घरमा महिलाको आफ्नै खालको जिम्मेवारी हुन्छ । आफ्नो कुरा सुनाउने मौका नमिल्न पनि सक्छ । दुईजना मात्र घुम्न जाँदा आफ्नो मनका कुराहरू पनि बताउन सकिन्छ । यसले दुवै जनामा प्रेमलाई पुनर्ताजगी गर्न मद्दत गर्छ ।

नयाँ कुराको कोसिस गर्ने

घुम्न जाने भन्नासाथ कतिपयलाई तनाव नै हुन्छ । कहाँ घुम्न जाने भन्ने छनोट गर्नसमेत कठिनाइ हुन्छ । सधैँ एउटै ठाउँमा र एउटै तरिकाले घुम्न जानु हुँदैन । हरेक समयलाई अविस्मरणीय बनाउन नयाँ–नयाँ कुराहरू गर्नु राम्रो हुन्छ ।

उदाहरणका लागि कहिले फिल्म–नाटक हेर्न जाने त कहिले कफी खान जाने गर्नुपर्छ । त्यस्तैगरी लाइभ म्युजिक, हाइकिङ पनि जान सकिन्छ । यसले तनावलाई विसर्जन गरेर दुवैबीच आत्मियता बढाउँछ ।

एक–अर्काको जीवनप्रति सक्रिय हुनु

धेरैजसो श्रीमान्–श्रीमतीले आफ्नो कामबारे बताउन चाहँदैनन् । तर, जति एक–अर्काको कुरा सेयर गरिन्छ, आत्मियता झन् बढ्छ ।

जब एकले अर्काको काममा सहायता गरिन्छ, तनाव पनि कम हुन्छ र उत्प्रेरणा पनि महसुस हुन्छ । जीवनमा आउने हरेक समस्यालाई सजिलै सामना गर्ने धैर्य बढ्छ ।

रमाइलो कुरालाई बढाउने

रमाइलो गर्नु भनेको सुन्दा सामान्य लाग्न सक्छ । तर, यसले दाम्पत्य जीवनमा असामान्य योगदान पुर्‍याउँछ । यसले सेन्स अफ ह्युमरलाई बढाउँछ । त्यसैले जीवनलाई आशक्तिको रूपमा नभई लीलाको रूपमा बिताउनु राम्रो हुन्छ ।

आध्यात्मिक गुरु ओशोले भनेका थिए, ‘जीवन यस्तो होस् जो अभिनयजस्तो होस, अभिनय यस्तो होस्, जो जीवनजस्तो होस् ।’ निश्चय पनि जीवनलाई अभिनयको रूपमा लिनु अत्यन्त राम्रो हुन्छ । स–साना कुरालाई ठूलो नबनाउने, एक–अर्काप्रति सम्मान गर्नुपर्छ । र, जीवनका हरेक आयामलाई सकरात्मक रूपमा जिउनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x