१० असार २०८३, बुधबार
माओवादी महाधिवेशन

शुरू भयो माओवादी महाधिवेशनको बन्दसत्र, प्रचण्डले आत्मालोचनासहित राजनीतिक प्रस्ताव पेश गर्दै

शुरू भयो माओवादी महाधिवेशनको बन्दसत्र, प्रचण्डले आत्मालोचनासहित राजनीतिक प्रस्ताव पेश गर्दै

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत सोमवारदेखि बन्दसत्र शुरू भएको छ । 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा बन्दसत्र शुरू भएको हो । 

बिहान ११ बजे नै शुरू गर्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेताहरूसँगको छलफलमा व्यस्त भएपछि बन्दसत्र केहीबेर ढिला गरी शुरू भएको हो । 

बन्दसत्रमा शान्ति प्रक्रियामा आएपछि भएका कमीकमजोरीको समीक्षासहित प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । 

आइतवार उद्घाटन सत्रमा प्रचण्डले माओवादी पार्टी कमजोर हुनुमा आफ्नो कमजोरी रहेको प्रतिवेदन तयार गरेको बताएका थिए । सोमवार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र छलफलका लागि समूह बनाउने तयारी छ । 

माओवादी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसालले अधिवेशनबाट नयाँ विचार ल्याउने गरी व्यापक छलफल गर्ने तयारी भएको जानकारी दिइन् । 

आइतवार शुरू भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीवार सम्पन्न गर्ने माओवादीको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्