२५ जेठ २०८३, सोमबार

सर्पले तीन पटक डस्यो, सेल्फी लिएर छाडिदिएँ- सलमान खान

पुस १२, २०७८
सर्पले तीन पटक डस्यो, सेल्फी लिएर छाडिदिएँ- सलमान खान
फाइल तस्वीर।

बलिउड सुपरस्टार सलमान खान सोमवार ५६ औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको अघिल्लो दिन उनलाई सर्पले डस्यो । 

केही घण्टाको उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । सलमानले अहिले यही घटनाबारे मिडियालाई बताएका छन् । 

‘मेरो कोठामा सर्प पसेको थियो, बच्चाहरू डराएपछि सर्प निकाल्न कोठामा पसेँ । एउटा लाठी मागे, जुन एकदमै छोटो थियो । पछि ठूलो लाठी मागेर एकदमै प्रेमपूर्व सर्पलाई उठाएर बाहिर ल्याएँ । लाठीमा एकदमै प्रेमपूर्वक टाँसिएको सर्प विस्तारै मेरो हाततर्फ बढ्न लाग्यो । यस्तोमा बाहिर छोडेर आउनका लागि अर्को हातमा लिएँ र लाठी छाडिदिएँ,’ सलमानले भने, ‘त्यहाँ भइरहेको हल्लाकै बेला मलाई एकपटक होइन, तीन पटक सर्पले डस्यो । त्यसपछि हामी अस्पताल गयौं, जहाँ मलाई एन्टिभेन इन्जेक्सन दिया, अहिलेसम्म सबै प्रकाशरमा एन्टिभेनम (क्रेट, वाइपर, कोब्रा) को इन्जेक्स लिइसकेको छु ।’ 

सलमानलाई सर्पले डसेपछि अर्पिता (सलमानको बहिनी) एकदमै डराएकी थिइन् । ‘तबसम्म सर्पसँग मेरो मित्रता भइसकेको थियो, त्यसपछि मैले सर्पको साथमा सेल्फी लिएँ र उसलाई छाडिदिएँ,’ हाँस्दै उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्