०३ साउन २०८३, आइतबार
माओवादी महाधिवेशन

माओवादी महाधिवेशन: दुई घण्टादेखि प्रतिवेदन पेश गर्दै प्रचण्ड

माओवादी महाधिवेशन: दुई घण्टादेखि प्रतिवेदन पेश गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् । 

प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी बन्दत्रमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनको चार भाग प्रस्तुत गरिसकेका छन् । अब दस्तावेजको केही अंश मात्रै प्रस्तुत गर्न  बाँकी रहेको बताइएको छ । 

प्रचण्डको प्रस्तावमा नेताहरू सुविधाभोगी बनेको, जनतासँगको अन्तरक्रिया पातलो भएको जस्ता विषय उठान गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । विज्ञान प्रविधिको विकास, वित्तीय पुँजीवादको असरका कारण उत्पादन सम्बन्धमा असर परेको जस्ता विषय प्रतिवेदनमा समेटिएका छन् । 

प्रतिवेदनमाथि छलफलका लागि २० वटा समूह बनाउने तयारी छ । 

बन्दसत्र सञ्चालनका लागि कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन रहेको अध्यक्ष मण्डल बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्