भारतसँग तनाव कायम रहेको बेलामा चीनले मशिनगन बोक्ने रोबोटहरू तिब्बतमा तैनाथ गरेको दाबी गरिएको छ ।
मानवरहित भेहिकलहरूले हतियार र बन्दोबस्तीका सामान दुवै बोक्न सक्छन् । त्यस्ता दर्जनौं रोबोटहरू चीनले सीमाक्षेत्रमा पठाइरहेको छ ।
शार्प क्ल नामक भेहिकलमा हलुका मशिनगन राखिएको छ र त्यसलाई ताररहित प्रविधिद्वारा सञ्चालन गरिएको छ । म्युल–२०० लाई मानवरहित सप्लाई भेहिकलका रूपमा डिजाइन गरिएको हो तर त्यसमा हतियार जडान गर्न पनि मिल्छ ।
बेइजिङले ८८ वटा शार्प क्ल तिब्बत पठाएको छ । त्यसभन्दा ३८ वटा सीमाक्षेत्रमा तैनाथ गरिएको टाइम्स न्युज नाउले दाबी गरेको छ ।
त्यस्तै १२० वटा म्युल–२०० तिब्बत पठाइएको अनि तीमध्ये अधिकांश सीमाक्षेत्रमा तैनाथ गरिएको छ ।
मानवरहित भेहिकलका साथै चीनले सेनालाई ७० वटा भीपी–२२ सशस्त्र ट्रूप ट्रान्सपोर्टहरू उपलब्ध गराइएको छ ।
अनि सबै किसिमका स्थानमा जान सक्ने १५० वटा लिंक्स भेहिकलहरू पनि सीमामा पठाइएको छ ।
लिंक्स सानो संख्याका सैनिक ओसारपसार गर्न अनि हावित्जर, भारी मशिनगन, मोर्टार वा मिसाइल लोन्चरहरू जडान गर्न पनि उपयोगी छ ।
तिब्बतको कठ्यांग्रिदो जाडोमा मानव सैनिकहरूले युद्ध गर्न गाह्रो हुने भएकाले चीनले रोबोट उपयोग गर्न खोजेको बताइएको छ ।