०५ असार २०८३, शुक्रबार

वर्षा र हिमपातले अत्याधिक चिसो बढ्यो

वर्षा र हिमपातले अत्याधिक चिसो बढ्यो
प्रतिकात्मक तस्वीर

बुधवार बिहानदेखि लगातार परेको वर्षासँगै लेकाली भेगमा भारी हिमपात हुँदा जिल्लामा अत्याधिक चिसो बढेको छ ।

लगातारको वर्षा र लेकाली भेगमा हिमपात भएका कारण चिसो बढेपछि जिल्लाका जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण टेम्के, चखेवाभञ्ज्याङ, मैयुङ, लौरे, मेरुङ, बहानेपोखरी, रावाधाप, रुपाकोट, वाप्लुखाको मुलडाँडा लगायत लेकाली भेगमा पर्ने ठाउँ सेताम्मे भएका छन् । हिउँ पर्दा लेकाली भेगका किसानलाई भने राहत मिलेको जनाइएको छ । 

जिल्लाका पर्यटकीयस्थलमा हिउँ परेपछि कतिपय स्थानीय भने रमाइलो गर्न डाँडामा पुगेका छन् । लगातारको वर्षा र हिमपातका कारण जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने साना तथा ठूला सबै सवारीसाधन ठप्प भएका छन् ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका ग्रामीण सडकमा जमेको पानी र हिलोका कारण यातायात ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

‘लगातारको वर्षापछि मध्यपहाडी लोकमार्गबाहेक सबै ग्रामीण सडक अवरुद्ध छ,’ उनले भने, ‘कतिपय ठाउँमा मर्मत गरेपछि मात्र यातायात सञ्चालन हुने अवस्था रहेकाले यताको यतै र उताको उतै भएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्