३१ असार २०८३, बुधबार

‘मिस एयरहोस्टेज २०२१’ को ताज गुरुङलाई

‘मिस एयरहोस्टेज २०२१’ को ताज गुरुङलाई

सिजन मिडियाद्वारा आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” पाँचौँ संस्करण सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल भइन् । फस्र्ट रनरअप आशा डंगुरा र सेकेण्ड रनरअपको ताज सृजु घिमिरे भए ।  घिमिरेले र पपुलर अवार्ड पनि हात पारिन् ।

विजेताले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्कीन हस्पिटलको तर्फबाट रु २० हजारको गिफ्ट भौचर प्राप्त गर्न सफल भइन् । सिम पर्सनालिटी प्रकृति गुरुङ, मल्टिमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मालामु शेर्पा, मिस फोटोजेनिक मेलिना राजवंशी, मिस बेस्टवाक प्रिया कर्मचार्य,  र बेस्टडे«सको अवार्ड समीक्षा माझीले हात पार्न सफल भए ।

निर्णायक मण्डलमा सौन्दर्यविद् सीता न्यौपाने पाठक, साउथ वेस्टर्नस्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी, मिस एयरहोस्टेज २०१६ की विजेता प्रियता मोक्तान, हिमालय एयरलाइन्सका एड्मिन म्यानेजर सेमन्त श्रेष्ठ, हवाई इञ्जिनीयर रञ्जित जैशवाल, नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन मुकेश कुमार गुप्ता र पत्रकार टिपी भुसाल रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्