०५ असार २०८३, शुक्रबार

छोराले कुटपिट गर्दा बुबाको मृत्यु

छोराले कुटपिट गर्दा बुबाको मृत्यु

मोरङ रतुवामाई नगरपालिका-९ डिपोका ५७ वर्षीय दीपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको विषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलवार कुटपिट गर्दा दीपनारायण गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार दीपनारायणको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीवार साँझ बाटोमै मृत्यु भएको हो ।  

इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले अर्जुनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्