०५ असार २०८३, शुक्रबार

जुनतारा सामुदायिक वनका तत्कालीन अध्यक्ष थेबेविरुद्ध आरोपपत्र दायर

जुनतारा सामुदायिक वनका तत्कालीन अध्यक्ष थेबेविरुद्ध आरोपपत्र दायर

इलाम, माईनगरपालिका–९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरुद्ध झण्डै १४ लाख बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

आयोगले उनीविरुद्ध १३ लाख ९७ हजार ७७७ रूपैयाँको बिगो कायम गर्दै कैद र बिगो असुलउपर गर्नुपर्ने मागदाबी गर्दै शुक्रवार अदालतमा आरोपपत्र दायर गरेको हो । 

अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकदार तथा स(मिलसँग समूहका गोलिया काठ दिन्छु भनेर रकम लिएको, २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा कीर्ते सही गरी रकम निकाली हिनामिना गरेकोआरोप थेबेमाथि लागेको छ । 

अनुसन्धानका क्रममा थेबेले कसूर गरेको देखिएपछि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्