१० असार २०८३, बुधबार

अक्षय कुमारको फिल्म रिलिज नहुँदै विरोध, आक्रोशितले गरे सडकमा चक्काजाम

पुस १६, २०७८
अक्षय कुमारको फिल्म रिलिज नहुँदै विरोध, आक्रोशितले गरे सडकमा चक्काजाम

बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र पृथ्वीराज विवादमा परेको छ ।

फिल्मको पोस्टर सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त भइरहेका बेला अजमेरमा सडकमै विरोध प्रदर्शन भएको छ ।

पृथ्वीराज फिल्ममा इतिहासका तथ्यलाई बंग्याइएको आरोप लगाउँदै गुर्जर समाजले विरोध प्रदर्शन गरेको हो । कलेक्टर कार्यालयमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै गुर्जर समाजले फिल्ममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कलेक्टर कार्यालयबाहिर समाजका सदस्यले केहीबेर सडकमा चक्काजाम गरेका छन् ।

फिल्मले इतिहासका तथ्यमाथि खेलवाड गरेको आरोप लगाउँदै समाजले यथार्थ तथ्य मात्रै फिल्ममा समावेश गर्न चेतावनी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्