
काठमाडौं, १७ पुस – आज आइवार सुन चाँदीको भाउ ओरालो लागेको छ ।
हप्ताको पहिलो दिन तीन सय रुपैयाँले घटेर सुन ५२ हजार ७ सयमा आइपुगेको हो । अघिल्लो हप्ताभरिमा एक हजार रुपैयाँले बढेको सुनको भाउ यो हप्ताको पहिलो दिन भने ओरालो लागेको सुनचाँदी व्यवसायि संघले जनाएको छ ।
चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।