०१ साउन २०८३, शुक्रबार

दिल्लीमा कोरोना संक्रमण विस्फोटक !

पुस १७, २०७८
दिल्लीमा कोरोना संक्रमण विस्फोटक !

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमण विस्फोटक स्थितिमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पछिल्ला २ दिनमा कोरोना संक्रमितको संख्या दोब्बर भएको छ । एकैदिन कोरोना संक्रमितको संख्या ३७% बढेको छ ।

लामो समयपछि कोरोना संक्रमण दर बढेर २.४४ प्रतिशत पुगेको जनाइएको छ ।

भारतको स्वास्थ्य विभागका अनुसार शुक्रवार एकैदिन नयाँदिल्लीमा थप १ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको छ । १ दिनअघि दिल्लीमा थप १ हजार ३१३ संक्रमित फेला परेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्