१५ असार २०८३, सोमबार

अफ्रिकामा फूटबल म्याचका दौरान टुनामुना गर्न नपाइने

कात्तिक २०, २०७४
अफ्रिकामा फूटबल म्याचका दौरान टुनामुना गर्न नपाइने
काठमाडौं, १७ पुस — अफ्रिकाका फूटबल संस्थाका प्रमुखहरूले टुनामुना र बोक्सीविद्यामाथि प्रतिबन्ध लगाएका छन् । खेल जित्नका लागि खेलाडीहरूले बोक्सीविद्या प्रयोग गरेको पाइएपछि यस्तो प्रतिबन्ध लगाइएको हो ।


हालै रुवान्डाको प्रिमियर लिगमा भएको एक खेलको बीचमा एकजना खेलाडीले तन्त्रमन्त्र गरेको केही सेकेन्डमै गोल गरेका थिए । मुकुरा भिक्ट्री र रेयन स्पोर्ट्सका बीचको खेलमा यस्तो हर्कत भएको थियो ।

रेयनका स्ट्राइकर मुसा कमाराले शुरुमा प्रहार गरेको बल गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो । त्यसपछि उनले पोस्टमा एउटा सानो वस्तु अड्याएका थिए ।

आफ्नो टिम १–० ले पछि परेको अवस्थामा उनले टुनामुना गरेका थिए । यो देखेपछि उनलाई मुकुराका गोलकीपरले क्रोधित भएर भगाएका थिए ।

तर खेल फेरि शुरु हुनेबित्तिकै उनले गोल फर्काएका थिए ।

यो र यस्ता अन्य धेरै घटना हुन थालेपछि फूटबल एसोसिएसनहरूले टुनामुनामा प्रतिबन्ध लगाएका थिए ।

बोक्सीविद्या गर्ने खेलाडीलाई लगभग १३ हजार रुपैयाँ जरिवाना तिराइनेछ । टिमले नै टुनामुना गरेमा चाहिँ लगभग चार लाख रुपैयाँ जरिवाना र तीन अंक खोसिने प्रावधान छ ।

टुनामुना भएको खेलमा मुकुरा र रेयन एक एकको बराबरीमा छुटेका थिए ।

मिरर युके

salt training

कमेन्ट गर्नुहोस्