०७ असार २०८३, आइतबार

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बुटवलबाट पाल्पाको रिडीतर्फ शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए ।

दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।

घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्