×

NMB BANK
NIC ASIA

इरान-इजरायल तनाव

पश्चिम एसियाका दुई शक्तिको दुश्मनी: इरानी सेनाभन्दा वैज्ञानिकलाई किन निशाना बनाउँछ इजरायल ?

पुस १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

इरान र इजरायलबीचको शत्रुतापूर्ण सम्बन्ध युद्धमा परिणत हुन सक्ने गरी विगत केही महिनायता चर्का बयान आइरहेका छन् ।

Muktinath Bank

त्यसैक्रममा इजरायली वायुसेना प्रमुख मेजर जनरल टोमर बारले इरानका आणविक भट्टीहरूमा आक्रमण गर्न सकिने बयान केही दिनअघि दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि इरानको सरकारी पत्रिका तेहरान टाइम्सले पहिलो पृष्ठमा इजरायलको नक्सा प्रकाशित गरी त्यसमा विभिन्न मार्करहरू राखेर इरानले ती ठाउँहरूमा आक्रमण गर्न सक्ने दाबी गरेको थियो । इजरायलले एक गलत कदम चालेमा उसका विभिन्न शहरहरू ध्वस्त हुने चेतावनी पत्रिकामा दिइएको थियो । 


Advertisment
Nabil box
Kumari

कठोर बयान मात्र नभई दुई देशले कतिपय आक्रामक गतिविधि समेत गरिरहेका छन् । इरानले गत विहीवार आणविक हतियार बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई अन्तरिक्षमा पुर्‍याउनका लागि स्पेस लोन्चर प्रक्षेपण गरेको गरेको थियो तर त्यो विफल भयो । 

Vianet communication
Laxmi Bank

एकअर्काको भूमिमा सीधै आक्रमण नगरेको भए पनि यी दुई देशले प्रोक्सी आक्रमण चाहिँ गर्ने गरेका छन् । त्यसैक्रममा इजरायलले गत मंगलवार इरानसमर्थित मिलिसियाहरूलाई तारो बनाएर सिरियाको लाटाकियामा एक कन्टेनर टर्मिनलमा क्षेप्यास्त्र प्रहार गर्दा ठूलै विनाश भएको छ । सिरियाका विभिन्न लक्ष्यहरूमा इजरायलले आक्रमण गर्ने गरेकोमा यो पछिल्लो प्रहार हो । 

अनि इरान र इजरायलले एकअर्काका मालवाहक जहाजहरूमाथि पनि आक्रमण गर्ने गरेका छन् । तर दुवै पक्षले एकअर्कामाथि यस्तो किसिमको आक्रमणको आरोपप्रत्यारोप गर्ने गरेको भए पनि त्यसलाई पुष्टि गर्ने प्रमाण उपलब्ध गराउँदैनन् ।

इरानसँग अमेरिका तथा युरोपेली मुलुकहरूबीच भएको आणविक सम्झौतालाई ब्युँताउने प्रयास भइरहेको बेलामा इजरायलले सुरक्षा जोखिम अनुभव गरी बयानहरू जारी गर्ने अनि विभिन्न कारवाही चलाउने गरिरहेको छ । उक्त सम्झौतालाई पुनर्जीवन दिइएमा इरानले आणविक हतियारहरू बनाउने र आफूमाथि आक्रमण गर्ने डर इजरायलले लिने गरेको छ ।

सन् २००५ मा इरानका तत्कालीन राष्ट्रपति महमूद अहमदिनेजादले विश्वको नक्साबाट इजरायल नामक देशको अस्तित्व मेटाइदिने भनी दिएको चेतावनीलाई इजरायलले अहिलेसम्म पनि गम्भीरतापूर्वक लिने गरेको छ । 

इरानलाई आणविक शक्तिसम्पन्न राष्ट्र बन्न नदिनका लागि उसका आणविक भट्टीमा ह्याक गरेर समस्या ल्याइदिने अनि वैज्ञानिकहरूको हत्या गर्ने काम पनि इजरायलले प्रतिरक्षाको उद्देश्य लिएर गर्दै आएको छ । सन् २०१० मा स्टक्सनेट र सन् २०१२ मा फ्लेम आक्रमण गरी इरानी आणविक भट्टीका सयौं सेन्ट्रीफ्युजहरू इजरायलले ध्वस्त पारेको थियो । अनि अप्रिल २०२१ मा इरानको नातान्ज रियाक्टर साइटमा विद्युत् आपूर्ति ठप्प पारिएको (ब्ल्याकआउट) घटना पनि इजरायलको गुप्तचर संस्था मोसादले साइबर आक्रमण गरेको कारणले हो भनिएको थियो । 

त्यसबाहेक सन् २०२० को नोभेम्बरमा इरानी वैज्ञानिक मोहसेन फखरीजादेको हत्यामा इजरायलको संलग्नता रहेको बताइन्छ । उनीअघि इरानका चारजना वैज्ञानिकहरूलाई पनि इजरायलले गोप्य कारवाही गरेर मारेको बताइन्छ ।  

इजरायलले पटक्कै नचाहेको अनि अमेरिकाले पनि दिनुपर्ने जति चासो नदिएको भए पनि अस्ट्रियाको राजधानी भिएनामा गत नोभेम्बर महिनादेखि आणविक सम्झौता ब्युँताउने विषयमा छलफल चलिरहेको छ । कोबर्ग प्यालेस होटलमा युरोपेली, रुसी र चिनियाँ प्रतिनिधिहरूले इरानी अधिकारीहरूसँग यस विषयमा कुराकानी गरिरहेका छन् । 

सन् २००५ मा इरानका तत्कालीन राष्ट्रपति महमूद अहमदिनेजादले विश्वको नक्साबाट इजरायल नामक देशको अस्तित्व मेटाइदिने भनी दिएको चेतावनीलाई इजरायलले अहिलेसम्म पनि गम्भीरतापूर्वक लिने गरेको छ ।  इरानलाई आणविक शक्तिसम्पन्न राष्ट्र बन्न नदिनका लागि उसका आणविक भट्टीमा ह्याक गरेर समस्या ल्याइदिने अनि वैज्ञानिकहरूको हत्या गर्ने काम पनि इजरायलले प्रतिरक्षाको उद्देश्य लिएर गर्दै आएको छ ।

आणविक सम्झौताबाट एकपक्षीय रूपमा बाहिरिएकाले इरानले अमेरिकी अधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गर्न मानेको छैन । अमेरिकी अधिकारीहरूले अन्य देशका प्रतिनिधिसँग वार्तामा भइरहेको प्रगतिको अद्यावधिक जानकारी लिइरहेको बताइन्छ ।

सन् २०१५ मा बाराक ओबामा प्रशासनले युरोपेली मुलुकहरूसँग मिलेर जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन अर्थात् इरान आणविक सम्झौता गरेको थियो । उक्त सम्झौता अन्तर्गत इरानले आणविक कार्यक्रम बन्द गर्ने अनि पश्चिमले उसमाथि लगाएको प्रतिबन्ध खुकुलो पार्ने सहमति बनेको थियो । 

तर डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरियो र इरानमाथि थप कठोर प्रतिबन्ध लगायो । प्रतिबन्ध फुकुवाबाट फाइदा उठाउँदै इरानले आफूसमर्थित लडाकूहरूलाई पश्चिम एसियाका विभिन्न स्थानमा बलियो बनाउँदै अमेरिकाका साझेदारहरूलाई अप्ठ्यारो पारिरहेको अनि सम्झौतालाई उल्लंघन गर्दै आणविक हतियार पनि बनाइरहेको आरोप ट्रम्प प्रशासनले लगाएको थियो । 

अमेरिका त्यसरी सम्झौताबाट एकपक्षीय रूपमा निस्केपछि इरानले पनि सम्झौताका शर्तलाई पालन गरिरहनुपर्ने बाध्यता नदेखेर आणविक इन्धन अर्थात् युरेनियमलाई संवर्धन गर्न थाल्यो । उसले आणविक इन्धनलाई ६० प्रतिशत शुद्ध बनाएर हतियार बन्ने स्तरमा पुर्‍याएको समाचारहरू प्रकाशित भएका छन् । 

इरानले आणविक हतियार बनाउन सफलता पाएमा पश्चिम एसियामा खतरनाक परिदृश्य बन्ने भएकाले बाइडन प्रशासन वार्ता सफल होस् भन्ने मनसाय राख्छ । अनि आणविक सम्झौता आफ्नो पहलमा भएकाले त्यसलाई पुनर्जीवन दिन बाइडन स्वयं पनि इच्छुक छन् । त्यति हुँदाहुँदै पनि बाइडन प्रशासनले यसमा अपेक्षाकृत सक्रियता देखाइरहेको छैन । 

इरानले आफूमाथि लगाइएका सबै प्रतिबन्धहरू फुकुवा गर्न अनि भविष्यमा आणविक सम्झौताबाट एकपक्षीय रूपमा नबाहिरिन अमेरिकासामु शर्त राखेको छ । यस्तो शर्तबाट चिढिएको अमेरिकाले वार्ता सफल नभएमा वैकल्पिक उपाय पनि अपनाउन सकिने बताएको छ तर त्यस उपायको विस्तृत विवरण दिएको छैन । इरानमाथि थप दबाबमूलक प्रतिबन्ध वा सैन्य कारवाही उक्त विकल्प हुन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । 

इजरायल भने इरानमाथि थप दबाब दिने पक्षमा छ । त्यसक्रममा उसले सैन्य कारवाहीको चेतावनी समेत दिइरहेको छ । इरानलाई आणविक हतियार बनाउन समर्थशाली राष्ट्र बन्न कुनै हालतमा नदिने इजरायलको ध्याउन्न हो । 

अमेरिकाले इरानमाथिको कठोर प्रतिबन्ध कायम राखेको बेलामा आफूले गोप्य कारवाही चलाएर इरानका आणविक भट्टीमा युरेनियम संवर्धन तथा क्षेप्यास्त्र निर्माण कार्यलाई निर्मूल पार्ने अनि इरानी नेतृत्वमा त्रास उत्पन्न गराउने इजरायलको लक्ष्य देखिन्छ । त्यसो त अमेरिका पनि इरानको ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधि थप विकसित नहोस् किनकि त्यसले क्षेत्रीय शान्ति खलबलिन्छ भन्ने मत राख्छ ।

इजरायल र अमेरिकाले आफ्नो भूमिमा ठूलो आक्रमण गर्ने सोच नबनाऊन् भनी निवारणात्मक प्रयोजनका लागि इरानले ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरिरहेको हो । शायद त्यसले काम गरिरहेको हुनुपर्छ किनकि इरानी भूमिमा इजरायल र अमेरिकाले हालसम्म ठाडै आक्रमण गरेका छैनन्, गोप्य कारवाही मात्र चलाएका छन् ।

इरान र इजरायलको सैन्यशक्तिको तुलना गर्नुपर्दा ती दुईबीच धेरै ठूलो अन्तर देखिँदैन । ग्लोबरफायरपावर डट्कम नामक रक्षा मामिला वेबसाइटले सन् २०१८ मा गरेको र्‍यांकिङ हेर्दा इरानसँग संसारको १३औं शक्तिशाली सेना छ भने इजरायल उक्त सूचीमा १६औं स्थानमा छ । यी दुवैले एकअर्कामाथि ठाडो आक्रमण भन्दा पनि गोप्य कारवाही गरेर अभीष्ट पूरा गर्ने प्रबल सम्भावना देखिन्छ ।

इरानको सैन्यशक्ति कमजोर नभएकाले उससँगको युद्धमा अपार क्षति बेहोर्नुपर्ने यथार्थका विषयमा अमेरिका अवगत छ । इराक र अफगानिस्तान दुवै ठाउँमा भएको युद्ध अनावश्यक रूपमा लम्बिएर अमेरिकी स्रोतसाधन बेकारमा नष्ट भएको तथ्यलाई अमेरिकाले मनन गर्दै आफू युद्धमा नहोमिने अनि इजरायललाई पनि युद्ध गर्नबाट रोक्ने देखिन्छ । 

इजरायललाई अमेरिकाको यस नीतिप्रति चित्त नबुझे पनि यसलाई स्वीकार गर्नुको विकल्प नहुने अमेरिकी मरिन कोर्प्सका पूर्व गुप्तचर अधिकृत स्कट रिट्टरको भनाइ मुनासिब छ । त्यसैले इजरायलका परराष्ट्रमन्त्री याइर लापिडले अमेरिकाको सहमति नलिइकनै इरानको आणविक विकासलाई रोक्न सैन्यबल प्रयोग गर्ने भनी दिएको चेतावनीलाई युद्ध भन्दा पनि गोप्य कारवाहीको संकेतका रूपमा बुझ्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x