
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ केन्द्रीय सदस्यको नामावली घोषणा गरेका छन् ।
गत आइतवारदेखि जारी माओवादीको आठौं महाधिवेशनअन्तर्गत आठौं दिनको बन्दसत्रमा आइतवार प्रचण्डले केन्द्रीय सदस्यको नामावली प्रस्ताव गरेका हुन् ।
प्रचण्डले खुलातर्फ प्रस्ताव गरेको नामावलीमा आफूसहित अहिले स्थायी कमिटीमा रहेका सदस्यहरू छन् । खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा र मुक्ति प्रधान समेटिएका छन् ।
यस्तै गोपाल ठाकुर, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार साह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल र सुदन किराती छन् । किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी स्वनाम, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य केन्द्रीय सदस्यमा समेटिएका छन् ।
शक्तिबहादुर बस्नेत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ष्ध्वज खड्का, वर्षमान पुन, गंगा कार्की, पुष्पविक्रम मल्ल केन्द्रीय समितिमा समेटिएका छन् ।
डिलाराम आचार्य, लीलामणि पोखरेल, सुरेश आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दीनानाथ शर्मा पनि खुलातर्फ केन्द्रीय सदस्य बनेका छन् । पम्फा भुसाल, देव गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाल केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
यसअघि केन्द्रीय सदस्यको निर्वाचनका लागि निर्वाचन कार्यतालिका तय गरिएको थियो । तर, सहमतिबाट नेतृत्व छान्ने भन्दै प्रचण्डले बन्दसत्रमा केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।