२४ जेठ २०८३, आइतबार

स्पेनिस ला लिगा : रायो भालेकानोमाथि एट्लेटिकोको सहज जीत

पुस १९, २०७८
स्पेनिस ला लिगा : रायो भालेकानोमाथि एट्लेटिकोको सहज जीत

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २-० गोल अन्तरले हराएको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे ।

खेलको २८ औं मिनेटमा कोरियाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

यस जितसँगै एट्लेटिकोले १९ खेलमा ३२ अंक जोडेको छ ।

एट्लेटिको चौंथो स्थानमा उक्लिएको छ ।

भालेकानो ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्