२३ असार २०८३, मंगलबार

स्वयम्भुमा पनि खुल्यो सवारी लाइसेन्स लिने ठाँउ, एकान्तकुना जान नपर्ने

कात्तिक २०, २०७४
स्वयम्भुमा पनि खुल्यो सवारी लाइसेन्स लिने ठाँउ, एकान्तकुना जान नपर्ने
काठमाडौं, १७ पुस– तपाईं लाइसेन्सको फर्म भर्ने र लिन यातायात व्यवस्था कार्यालय एकान्तकुनामा हुने भीडका कारण जान हिचकिचाइरहनु भएको छ ? छ भने अव एकान्तकुना बाहेकको स्थानबाट पनि सवारी लाइसेन्स बन्ने भएको छ ।

सरकारले आइतबारदेखि स्वयम्भुबाट पनि लाइसेन्स वितरणको काम शुरु गरको छ । ठूलो भ¥याङमा रहेको यातायात कार्यालयबाट लाइसेन्स वितरणको सुरुवात आइतबार रमेश लेखकले गरे ।

कार्यालयले भोलिबाट नविकरणको काम शुरु गर्ने छ । आगामी आइतबारबाट भने लाइसेन्सका सबै काम सुरु हुने यातायात व्यवस्था बिभागले जनाएको छ ।

कार्यालयमा सवै भौतिक साधान नभएका कारण लाइसेन्स वितरणको काम भने आइतबारबाट मात्र हुने छ । कार्यालयले ट्रायल सेन्टर भाडामा लिएर ट्रायलको काम गर्ने जनाएको छ ।

यो सँगै काठमाडौंका चावहिल र भक्तपुरमा पनि लाइसेन्स बनाउँने स्थान खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि निर्देशन दिइसकेका छन् । अब ती स्थानमा पनि कार्यालयहरु खुलेपछि लाइसेन्स वितरणको काम सहज हुने विभागको विश्वास छ ।

स्वयम्भु कार्यालयको उद्घाटन गर्दै यातायात मन्त्री रमेश लेखकले सेवाग्राही दुख नपाउने गरी लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । उनले एक घण्टा भित्र लाइसेन्सको सबै प्रक्रिया पुरा हुने दावी समेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्