
नेकपा एकीकृत समाजवादी (एस) पार्टीले राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।
गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेका सीटमा एसले उम्मेदवार टुंगो लगाएको हो ।
एसले १ नम्बर प्रदेशबाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सदूरपश्चिमबाट गरिमा शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।