२५ जेठ २०८३, सोमबार

पश्चिमी वायुको प्रभावले देशभर बदली, केही स्थानमा वर्षा

पश्चिमी वायुको प्रभावले देशभर बदली, केही स्थानमा वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मंगलबार बिहानैदेखि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली  रहेको छ।
यस्तै दिउँसो पनि देशभर सामान्य बदली  रहने छ भने सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । यस्तै ती प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना पनि रहेको छ।

यसैगरी राति पनि देशभर सामान्य बदली  रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना हुनुका साथै ती प्रदेशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसमी बुलेटिनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्