
अहिलेको जमाना बैंकिङ जमाना हो ।
बैंकहरूको भीडमा कुन बैंकमा बचत गर्ने भन्ने धेरैलाई दोधार हुन सक्छ । यसो सरसर्ती हेर्दा सबै बैंक राम्रै देखिन्छन् ।
तर राम्राहरूबाट एक राम्रो छान्ने हो भने कुन बैंकलाई छान्ने ?
ग्राहकले बुझ्नैपर्ने कुरा भने ‘बैंकहरूमध्ये सर्वाधिक सेवा सुविधा तथा फाइदा आफ्ना लागि कुन बैंकले दिन्छ’ भन्ने हो ।
पछिल्लो समय एन आई सी एसिया बैंक ग्राहकको पहिलो रोजाइमा पर्दै आइरहेको छ । आफ्ना ग्राहकहरूका लागि बैंकले दिने विभिन्न फाइदाहरू नै यस बैंक रोजाइमा पर्नुको मुख्य कारण हो ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नारालाई यसले नारामै सिमित गरेको छैन, कार्यन्वयनमा पनि अग्रसरता देखाएको छ ।
बैंकले ग्राहकहरूको आवश्यकताको सही पहिचान गरी उपयुक्त बचत तथा मुद्दती खाताहरू सार्वजनिक गर्दै आइरहेको छ । बैंकले हालै ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।
एन आई सी एशिया बैंक नै किन रोज्ने ?
ग्राहकले एन आई सी एशिया बैंकलाई नै रोजेमा सहज रुपमा बैंकिङ्ग तथा अतुलनीय फाइदाहरू पाउने निश्चित नै देखिन्छ । जुन मुलुकका अन्य बैंकहरूमा उपलब्ध छैन ।
आफ्नै घरछेउमा सहजै भेट्न सकिने एन आई सी एशिया बैंकको शाखा एक्टेन्सन कार्यालयहरूबाट सहजै सेवा लिन सकिन्छ । एन आई सी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ५८ शाखा कार्यालयहरूमार्फत सेवा दिइरहेको छ ।
यस्तै मुलुकभर यस बैंकको ४ सय ७३ एटीएम रहेका छन् । बैंकको प्रशस्त शाखा र एटीएम बुथ भएका कारण ग्राहकले आफू बसेकै स्थान वरपर सहजै एटीएम सुविधा पाउँछन् । यतिमात्रै नभएर एन आई सी एशिया बैंकका ग्राहकले आफ्नो एटीएम जुनसुकै बैंकको एटीएम बूथमार्फत रकम झिक्दा पनि शुल्क तिर्नुपर्दैन । एन आई सी बैंकले निशुल्क रुपमा अन्तरबैंक एटीएम सुविधा दिएको छ ।
यससँगै ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकले सेवा प्रदान गरिरहेको छ । यसबाहेक बैंकले जेष्ठ नागरिकलाई सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता अन्तर्गत होम बैंकिङ्ग सुविधा प्रदान गरेको छ ।
सर्वश्रेष्ठ बचत खाताको एम्बेसडर श्रेणीका ग्राहकलाई बैंकले छुटै बैंक प्रतिनिधिको व्यवस्था समेत गरेको हुँदा यस बैंकमा बैंकिङ्ग अभ्यास गर्दा सहज बैंकिङ्गको आधास हुन्छ । यसका अतिरिक्त निम्नलिखित सेवा सुविधा तथा फाइदाहरू ग्राहक महानुभावहरलाई प्राप्त हुने गर्दछ :
‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ को विशेषता
आफूले इच्छाइएको रकम बचत गर्नका लागि ३ किसिमका बचत खाता खोल्ने सुविधा बैंकले दिएको छ । गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरू मध्ये कुनै पनि खाता खोल्न सकिनेछ ।
यी तीनै श्रेणीका बचत खाताहरू अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालय मार्फत खोल्न सकिनेछ । तीनै श्रेणीका खाताहरूमा वार्षिक ७.०५% ब्याजदर प्राप्त हुनेछ । बैंकले न्यूनतम २५ हजार रुपैयाँ मौज्दात गरी खोलिने पार्टनर श्रेणीको खातामापूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेसरेटमा थप ३ प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा दिनेछ ।

बैंकले गुडविल एम्बेसडर श्रेणीको बचत खातामा भने अति विशिष्ट सुविधाहरू बैंकले दिएको छ । गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा विभिन्न २४ सुविधाहरू बैंकले दिएको छ । ग्राहकले यस खाता खोल्दा ३ लाख ३६ हजार रुपैयाँभन्दा बढीको फाइदा प्राप्त गर्न सक्नेछन् । सर्वाधिक फाइदाका लागि ग्राहकले यस प्रकारको बचत खाता अत्यन्तै राम्रो विकल्प हो । पछिल्लो समय यस खातामा आकर्षण पनि व्यापक बढिरहेको छ ।
बचत खातामै मुद्दती निक्षेपको सुविधा
एन आई सी एशिसा बैंकले ‘स्विप इन, स्विप आउट’ भन्ने सुविधा सर्वश्रेष्ठ बचत खाताको एम्बेसडर श्रेणी अन्तर्गत ल्याएको छ । यो प्रोडक्ट अनुसार तपाईले बचत र मुद्दति निक्षेप दुबैको सुविधा एकै खातामा पाउन सक्नुहुनेछ । यो योजना बैंकले गुडबिल एम्बासडर श्रेणीका ग्राहकरुलाई लक्षित गर्दै ल्याएको हो ।
कहिले काही तपाईलाई आफुसँग भएको केही रकम बचत खातामा जम्मा गरौं कि मुद्दतीमा राखौं भन्ने दोधार हुनसक्छ । मानौं, तपाईले आफ्नो नाममा भएको जग्गा एक करोड रुपैयाँमा बिक्री गर्नुभयो र बिक्री भएको भन्दा अझ राम्रो जग्गाको खोजीमा हुनुहुन्छ । जग्गा नभेटुञ्जेल पैसा बैंकमा राख्नै पर्यो ।
फेरि आफूलाई मन पर्ने जग्गा खोजेको १५ दिनमै भेटिन पनि सक्छ कहिलेकाही ६ महिना वा वर्षदिन पनि लाग्न सक्ला । जग्गा नभेटिएसम्म बैंकमा पैसा राख्नु पर्यो बचतमा राखौं कि मुद्दतिमा ? यो दोधार तपाईलाई पक्कै हुनसक्छ ।
बचत खातामा रकम राखे तपाईले अहिले बढीमा ७.५ प्रतिशतसम्म ब्याजदर पाउनु हुने भयो । मुद्दति निक्षेपमा राखे यो भन्दा धेरै अर्थात १०.०५ प्रतिशत ब्याजदर पाइन्छ । तर तोकिएको समयसम्म रकम राख्नुपर्ने हुन्छ ।

३ प्रकारका बीमा सुविधा
बैंकले ग्राहकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ३ प्रकारका बीमा सुविधा यस खातामा उपलब्ध गराएको छ । बैंकको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ मा खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा पाइनेछ । यस्तै १८ घातक रोगहरूको लागि १० लाख रुपैयाँसम्मको बीमा सुविधा र १ लाख रुपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पनि यस खाता प्रयोग गर्दा प्राप्त गर्न सकिनेछ ।
बैंकले औषधी उपचार बीमा अन्तर्गत ग्राहकलाई अझ धेरै सुविधा दिएको छ । यस बीमा अन्तर्गत बैंकले बहिरंग (ओपीडी ) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्नेछ ।
यी बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्नेछ । बैंकले उत्तरदायी बैंकिङको अभ्यास गर्दै २०७५ चैत्र २० गतेदेखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ६५५ जनाभन्दा बढी ग्राहकहरूले बीमा वापतको ३ करोड ९५ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
३ कर्जा सम्बन्धी फाइदा
बीमा मात्र हैन बैंकले यस बचत खाता सञ्चालनका लागि ३ कर्जासम्बन्धी फाइदा पनि दिनेछ । सामान्य अवस्थामा कर्जामा ब्याजदरको उतारचढावले ब्याज तिर्दा तिर्दा तपाईं हैरान हुनुहुन्छ भने अब त्यस्तो हुँदैन । बैंकले यस बचत खाता प्रयोग गर्ने ग्राहकलाई कर्जामा सहुलियत ब्याजदर प्रदान गर्नेछ । यस्तै प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न ग्राहकले सक्नेछन् ।
सर्वश्रेष्ठ बचत खाता भएका ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
उदाहरणको लागि ग्राहकले गुडविल एम्बेसडर श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नुभएको छ र उहाँको खातामा पछिल्लो तीन ३ महिनासम्म रू. १० लाख निक्षेप जम्मा रहेको छ । यस अवस्थामा उहाँले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा सुविधा अनुरुप निजले तीन महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात् रू. १ करोड कर्जामा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

यस अवस्थामा कर्जा प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । अब अर्को उदाहरणका लागि, यदि उक्त ग्राहक महानुभावले यसै अवस्थाका बीच रू. १ करोड ५० लाख कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा सुविधा अनुरुप निजले औसत मौज्दातको १० गुणा बढि अर्थात् रू. १ करोड कर्जा बेस रेटको अतिरिक्त १ प्रतिशत ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नुहुनेछ र यसको कर्जा प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत लाग्नेछ । अब थप रू. ५० लाखको हकमा भने अन्य कर्जाको ब्याजदर सरह अनुसार नै ब्याजदर रहनेछ र त्यसको कर्जा प्रशासनिक शुल्क ०.७५ प्रतिशत सम्म लाग्न सक्नेछ ।
मुद्दती निक्षेपमा आकर्षक ब्याजदर
बैंकले सर्वश्रेष्ठ बचत खातासँगै सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना ल्याएको छ । यस योजनामा १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना रहेको छ । जसमा वार्षिक १०.०५% सम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गरिएको छ । साथै सर्वश्रेष्ठ मासिक निक्षेप खाता अन्तर्गत एनआइसी एशिया बैंकका ग्राहकहरूले जम्मा गरेको रकममा १०.०५% सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सकिने छ ।
यसका लागि ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा स्थानान्तरण गर्ने भन्ने जानकारी बैंकको शाखामा गएर निर्देशन दिनु पर्ने र स्थानान्तरण गरिने रकम रू. ५०० का दरले गुणन गरेर हुन आउने रकम (जस्तै रू. ५००, रू. १०००, रू. १५०० आदिको अनुपातमा) तय गर्नुपर्ने छ । मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिने साथै ग्राहकले चाहेको समयमा आफैले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरी थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सक्नेछन् ।
यी सेवाहरू ५ वर्षसम्म हुनेछन् निःशुल्क
एन आई सी एशिया बैंकले विशेष खाले बचत खाता प्रयोग गर्दा ग्राहकलाई लामोसमयसम्म विभिन्न अत्यावश्यक सेवाहरू निशुल्क उपलब्ध गराउनेछ । बैंकले यस्तो किसिमको सेवा नेपालको बैंकिङ इतिहासमै पहिलो पटक दिएको हो ।
के–के सेवा निशुल्क ?
ज्येष्ठ नागरिकलाई आकर्षक सुविधा
सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत ५५ वर्ष पुगेले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैंकिङ्ग सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था छ ।
त्यसैगरी सन्तानको उज्वल भविष्यका लागि आमाबुवाले आफ्ना छोराछोरीका नाममा सर्वश्रेष्ठ बाबु नानी बचत खाता खोल्न सकिने छ ।
सर्वश्रेष्ठ बचत योजना अन्तर्गत यसबाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् ।
बैंकको यस खातामा बचत गर्ने ग्राहकले विभिन्न सेवाहरू निशुल्क लिन पाउनेछन् । यसका साथै अन्य महत्वपूर्ण फाइदाहरू समेत यस बैंकले दिनेछ ।
सर्वश्रेष्ठ बचत खाता योजनामा सहभागी हुनका लागि यो लिंकमार्फत आवेदन दिन सकिनेछ ।