
दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार दिउँसो ४ः१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
विक्रम संवत् २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० भन्दा धेरै परकम्प गइसकेको छ ।