०५ असार २०८३, शुक्रबार

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण
फाइल फोटो

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । 

बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ । 

उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । 

किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए ।

उखुको मूल्य निर्धारण नहुँदै उखु किसानले चिनी मिलमा उधारोमा आफ्नो उखु दिन शुरू गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्