३२ असार २०८३, बिहीबार

काजकिस्तानमा निषेधाज्ञा आदेश जारी, आपतकालीन अवस्थाको घोषणा

पुस २१, २०७८
काजकिस्तानमा निषेधाज्ञा आदेश जारी, आपतकालीन अवस्थाको घोषणा

काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले बुधबार देशमा विरोध प्रदर्शनकाबीच जनवरी ५–१९ देखि राजधानी शहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन् ।

राष्ट्रपतिद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “नागरिकको सुरक्षाको लागि गम्भीर तथा प्रत्यक्ष खतरा रोक्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न, कानूनी व्यवस्थाको पुनः स्थापना गर्न, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न, हामीले सन् २०२२ जनवरी ५ देखि १२ सम्मको अवधिको लागि नूर–सुल्तान शहरभित्र आपतकालीन अवस्थाको घोषणा गरेका छौँ ।  

आपतकालीन अवस्थाका बेला नुर–सुल्तानमा प्रवेश र त्यहाँबाट बाहिरिन रोक लगाइने छ भने विरोध प्रदर्शन गर्न हतियार राख्ने अनुमति नभएका व्यक्तिहरुको हतियार जफत गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्