२६ जेठ २०८३, मंगलबार

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

मेष

आँटेको ताकेको काममा सफलता मिल्न सक्नेछ । खर्च बढ्ने  र मन चिन्तित रहनेछ । भित्रि मनबाट कठिन परिश्रमको लागि तयार भइन्छ ।

वृष

राम्रो समाचार सुन्न पाइएला । बोली-वचन र भौतिक सहयोगले इस्ट मित्रको सहयोग गर्न पाइनेछ । विभिन्न-काममा सफलता मिल्न सक्नेछ । आफुलाई तनाब हुने कार्यबाट टाढा रहनुहोला ।

मिथुन

सुखको अनुभव हुनेछ । आफुलाई तनाब हुने कार्यबाट टाढा रहनुहोला । साँझको समयमा बुवा-आमालाई मठ-मन्दिरको दर्शन गराउन लगिनेछ ।

कर्कट

पाहुना  भएर कतै जाँदा राम्रै मानसम्मान मिल्नेछ । आथित्यपुर्ण मान-सम्मानले मन खुशी हुनेछ । कुनै पनि तनाव हुने कार्यबाट टाढा रहनु होला ।  

सिंह

कुनै बाद-बिबादमा परेता पनि आफ्ना कुराले तर्क-वितर्कमा जितिनेछ । पुराना याद आउनेछन् ।  आफ्नै लापरबाहीले दुःख पाइएला ।  

कन्या

बुवा-आमाले पैसा दिँदा मन खुशीले  गद-गद हुनेछ । प्रेमिकाको फोनले जीवनसाथीसँग मतभेद रहला । आफूभन्दा जेष्ठ, श्रेष्ठ, मान्यजनको परामर्शले जीवन अर्थपूर्ण रहनेछ । 

तुला

भौतिक सुख मिल्नेछ ।  सवारी -साधनमा कतै टाढा घुम्न जाने योग परेको छ । परोपकार, दान-पुण्य गर्ने कामको लागि अभिप्रेरित भइनेछ । 

वृश्चिक

सुखको अनुभव हुनेछ ।  दाम्पत्य -जीवनमा नयाँ ठाउँमा गएर राम्रो समय व्यतीत गरिनेछ ।  सन्तानको बिहेको लागि केही नयाँ प्रस्ताव आउन सक्नेछन् । 

धनु

पुरानो रोगले दुख दिँदा मन खिन्न रहनेछ । स्वास्थमा गिरावट हुदा मन चिन्तित रहनेछ । सन्तानको सुभ समाचारले मन खुशी रहनेछ ।

मकर

पैसा प्राप्ति हुदा मनमा खुशी मिल्नेछ । भाग्यको दृष्टिले आजको दिन राम्रो रहेको छ  । व्यापार- गर्नेको लागि आजको दिन उत्तम रहनेछ ।

कुम्भ 

व्यापार गर्नेहरुको लागि राखिएको धन आउन सक्ला । प्रेम -जीवन सुखमय नै रहको छ । नसोचेको ठाउँबाट धन आएर मन खुशी हुन सक्ने योग रहेको छ । 

मीन

भोजन प्राप्तिको योग रहेको छ । सभा समारोहमा सरिक भएर मिठो भोजन प्राप्त हुन सक्ला । आज ऋण नलिनु होला, आउने दिनमा चुक्ता गर्न हम्मे हम्मे पर्न सक्ला ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्