०४ असार २०८३, बिहीबार

आगामी दिनका सुरक्षा चुनौतीबारे गृहमन्त्री खाँणको चासो

आगामी दिनका सुरक्षा चुनौतीबारे गृहमन्त्री खाँणको चासो

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बिहीवार गृह मन्त्रालयमा बसेको छ ।

बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतिका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ प्रवक्ता कोइरालाले भने । 

बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अद्यावधिक छलफल भएको जनाइएको छ । 

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका थिए ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथि बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइराला लगायतको सहभागिता थियो । 

बैठकमा गृहमन्त्री खाँणले अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख अधिकारीलाई बिदाइ गरेका छन् । गृहमन्त्री खाँणले नवनियुक्त राष्ट्रिय अनुसन्धान विभागका प्रमुख खरेललाई बधाई दिए ।

salt training

कमेन्ट गर्नुहोस्