०६ साउन २०८३, बुधबार

प्रचण्डले किन बन्द गरे भेटघाट ? यस्तो छ कारण

प्रचण्डले किन बन्द गरे भेटघाट ? यस्तो छ कारण
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित भेटघाटलाई स्थगित गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड–१९ संक्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएका उनको सचिवालयले जनाएको छ ।

पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास गरिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गरिने बताइन् ।

उनले तत्कालका लागि पार्टी केन्द्रीय कार्यालयमा समेत कोरोना संक्रमणको पुष्टि भएकाले भीडभाडमा पनि सतर्कता अपनाउन आग्रह गरेका छन् । पार्टी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको तथा देशभर नै कोरोनाको संक्रमणको जोखिम थप बढेको भन्दै अध्यक्ष दाहालको सचिवालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न तथा सावधानी अपनाउन आग्रह गरेको छ । 

कमेन्ट गर्नुहोस्